CESS

सिभिल इन्जिनियरिङ्ग विद्यार्थी समाज एड्भान्स्ड् कलेज सेस–एड्भान्स्ड्

परिचय
 त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान एड्भान्स्ड् कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टमा स्नातक तह सिभिल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अन्र्तरनिहित प्रतिभाहरु प्रष्फुटन गराउने, सिभिल इन्जिनियरिङ्ग प्रविधिको नयाँ अनुसन्धान विकास एवं विस्तार गराउने, आन्तरिक एवं वाहिय प्राविधिक कार्यशाला, गोष्ठी, प्रतियोगिता आयोजना गर्दै प्राविधि सँग सम्बन्धित विचारहरु आदान प्रदान गर्ने कार्यहरुलाई निरन्तरता दिदै साकार रुप दिने उदेश्यले गैर राजनैतिक, सेवा प्रदायक, मुनाफा रहित विशुद्ध प्राविधिक समाजको रुपमा “सिभिल इन्जिनियरिङ्ग विद्यार्थी समाज, एड्भान्स्ड् कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्ट”को गठन गरिएको छ । विश्वका बिपन्न मूलुकहरुको सूचिवाट नेपाललाई हटाउन सिभिल इन्जिनियरिङ्ग प्रविधिको क्षेत्रको विकासमा टेवा पु¥याउनु तथा देशको भौगोलिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक यथार्थहरुलाई मनन गर्दै समयानुकुल प्रविधिक विकासका लागि सिभिल इन्जिनियरिङ्ग क्षेत्रलाई समु्न्नत बनाउँदै जानु पर्ने आजको टड्कारो आवश्यकता लाई हृदयङ्गम गर्दै त्यसका लागि नैतिकवान, कर्मशील र अनुशासित सिभिल इन्जिनियरियरका रुपमा सम्पूर्ण अध्ययनरत विद्यार्थीहरु लाई स्थापित गराउने उदेश्य परिपूर्तिका लागि समाजको आगामी कार्यक्रम हरुलाई व्यवस्थित गर्दै लैजान यो “सिभिल इन्जिनियरिङ्ग विद्यार्थी समाज, एड्भान्स्ड् कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्ट गठन भएको छ।